सुचना, समाचार र मनोरन्जन

‘फेस अफ क्लासिक डाइमन्ड’को अडिसन आज पोखरामा

पोखरा/
नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’को अडिसन आज होटल बाराहीमा हुदैछ ।

प्रतियोगितामा सहभागी हुन बुधबार बाट रजिस्ट्रेशन खुल्ला गरिएको थियो ।

क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।

यो प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनले बताए।

Leave A Reply

Your email address will not be published.