सुचना, समाचार र मनोरन्जन
Sarangi

लायन्स क्लबको सहयोग काभ्रेमा

 

काभ्रे : जिल्लाको पनौती नगरपालिकाको १० र ११ वडाको खोपासी, ख्याकुका बाढी पहिरोपिडित परिवारहरूलाई लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्ड्सको समन्वय र सहयोगी महिला जागरण मन्च मैतिदेवीको सहयोगमा राहत वितरण सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सहयोगी संस्थाहरू लायन्स तथा लियो क्लब अफ काठमाडौं मखमली, लायन्स क्लब अफ काठमाडौं युनाईटेड सेन्टर, लायन्स क्लब अफ माउन्ट धौलागिरी, लायन्स क्लब अफ पोखरा सर्मपण, लायन्स क्लब अफ काठमाडौं बनस्थली लियो क्लब अफ काठमाडौं ड्रिमल्यान्ड, लायन विष्णु श्रेष्ठ, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र अटो नेपाल, मासिक पत्रिकाको सहयोग रहेको थियो ।

हालैं आएको अबिरल बर्षाको कारण काभ्रे जिल्लाको पनौतीको १० र ११ वडा र बेथानचोक गाउँपालिकाको ११० परिवार भन्दा बढि पिडित आमा बुवा तथा स्थानीय बासीहरूलाई लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डका चार्टर पे्रसिडेन्ट तथा डिष्ट्रिक जेका रिजन चियरर्पसन रोशनकुमार श्रेष्ठ, अध्यक्ष बिकल श्रेष्ठ र सचिब कृष्टिना ताम्राकार लगायत विभिन्न क्लबको सदस्यहरूको उपस्थितिमा पनौती नगरपालिका ११ ख्याकुस्थित थुम्की रिसोर्टको समन्वयमा पहिरोपिडित परिवारहरूलाई त्रिपाल, बाल्टिन, जग, बाटा, म्याट, साबुन र न्यानो कपडाहरू बितरण गरिएको सहयोगी महिला जागरण मन्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् ।

आगामी दिनहरूमा काभ्रेको अन्य स्थानहरूमा समेत राहत पुर्याउने विचार गरेको यस कार्यक्रमका संयोजक तथा रिजन चियरपर्सन, काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.