सुचना, समाचार र मनोरन्जन

तिमीसँग बोल्न मन लाग्यो भन्दै आए डब्बु, जुगल र केन्जुमा

काठमाडौं :

वरिष्ठ रंगपत्रकार,गीतकार तथा निर्देशक डब्बु क्षत्री पछिल्लो समय गीत लेखनमा सक्रिय रहेका छन्। उनले गत महिना मात्रै आफ्नो नयाँ गीत ‘बजाई देउन बाजा’लिएर दर्शक तथा स्रोतामाझ ल्याएका थिए। फेरि उनै गीतकार क्षत्रीले यतिबेला अर्को गीतको भिडियो लिएर दर्शकमाझ आएका छन्।

उनले आधुनिक गीत ‘तिमीसँग बोल्न मन लाग्यो’को भिडियो सहित आईतबार दर्शकमाझ आएका हुन्। सात वर्षअघि रेकर्ड गरिएको यो गीतलाई उनले भिडियोसहित दर्शकमाझ आएका हुन्। त्यतिबेला डब्बु क्षत्रीको गीतिसँग्रह ‘गुलाबी स्वरहरु’मा समावशे गरिएको यो गीतलाई उनले सात वर्षपछि भिडियो सहित बजारमा आएको बताए। परिचयसँगको कुराकानीमा उनले रि मिक्सिङ गरेर भिडियोको रुपमा बजारमा ल्याएको बताए। यो गीतको रचनासँगै भिडियोको निर्देशन पनि उनलै गरेका छन्।

यो गीतमा गायिका केन्जुमा सुब्बाको स्वर रहेको छ। बिन्ध्यवासिनी म्युजिकको आधिकारिक युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको हो । यस अघि निकै सुनिएको गीतलाई भिडियोमा ल्याउँदा खुसी लागेको गायिका केन्जुमा सुब्बाले बताईन्। संगीतकार जुगल डंगोलको संगीत रहेको छ। गीतमा संगीत संयोजन पनि जुगलकै हो। काठमाडौंको पुतलीसडक स्थित आर्टुम्युज रकेर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतमा युगल जोडीको प्रेम आसक्तिको वयान गरेको छ।

गीतको भाव अनुसार भिडियो निर्माण गरिएको गीतकार डब्बु क्षत्रीले बताए। भिडियोमा ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकी र अभिनेता यसराज गराचले अभिनय गरेका छन्। यी दुईको अभिनयले गीतको भाव अनुसार अभिनय गरेका छन्। नयाँ भएर पनि शर्मिलाको अभिनयमा परिपक्ता देखिएको छ। यो गीतको भिडियोलाई सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायाँकन गरिएको हो। सो क्षेत्रको प्राकृतिक सुन्दरता र कलाकारको कुशल अभिनयले भिडियो राम्रो बनेको प्रतिक्रिया दर्शकबाट आएको छ।

४२ डिग्रीको तापक्रममा यो गीतको भिडियो छायाँकन गरिए पनि कलाकार र प्राविधिकले राम्रो काम गरेको पनि निर्देशक क्षत्रीले बताए। यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । प्रविण सुवेदीद्धारा छायाँकन गरिएको भिडियोमा मेकअप पनि मोडल शर्मिला बुढाथोकी स्वयम्ले गरेकी हुन् । बीरेन्द्र भाट ‘विपिन’ र लोकेश भाटको सम्पादन तथा रंग संयोजन यो गीतको भिडियोमा रहेको छ।

Leave A Reply

Your email address will not be published.