सुचना, समाचार र मनोरन्जन

दमक र पथरीको भुटानी शरणार्थी शिविर स्वास्थ्य चौकी शिलान्यास

सुनसरी :

दमक नगरपालिकामा रहेको बेलडाँगीमा भुटानी शरणार्थी शिविर र मोरङको पथरी शनिश्चरेमा रहेको शरणार्थी शिविरमा स्वास्थ्य चौकी इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले शिलान्यास गरेको छ ।

Gokarna Karki

बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले एक कार्यक्रम आयोजना गरी स्वास्थ्य चौकी निर्माण गर्न शिलान्यास गरेको छ । इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले जमिन खनेर स्वास्थ्य चौकि शिलान्यास गरेका थिए । शिलान्यास गरिएको स्वास्थ्य चौकी दमक नगरपालिका र पथरी शनिश्चरे नगरपालिकाको समन्वयनमा इन्ट्राले लगानी गरेको हो । शिलान्यास गरिएको उक्त स्वस्थ्य चौकीबाट शरणार्थी शिविर भन्दा बाहिरका गाउँ बासिले पनि स्वास्थ्य सुविधा लिन सक्ने बताईएको छ ।

बेलडाँगी, पथरीको शरणार्थी शिविरमा अझै करिब ६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन् । जस्को स्वास्थ्य अवस्थालाई ख्याल गर्दै इन्ट्रा करिव ३० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण गर्न लागेको इन्ट्राका अध्यक्ष डिल्ली अधिकारीले बताए । इन्ट्रा नेसनलले शरणार्थीका लागि सधैब काम गरिरहेने, सेवा मुलक काममा अगाडि बढ्ने, शरणार्थीका वृद्धलाई भत्ताको व्यवस्थामा सहजता गर्ने, बालक बालिकालाई पढाइ लेखाइमा सेवा गर्ने र यस अघि पनि इन्ट्रा विभिन्न काम गरिसकेको इन्ट्राका अध्यक्ष अधिकारीले बताए ।

बिहीबार कार्यक्रममा फाउन्डेसनका संस्थापक अध्यक्ष दिल्ली अधिकारी, नेपाल च्याप्टर अध्यक्ष तथा अभिनेता दिलिप रायमाझी दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, फाउन्डेसनका प्रवन्ध निर्देशक रुद्र बानियाँ, भ्वाइस अफ नेपाल बिजेता किरण गजमेर, कलाकार शंकर बिसि, गायक डम्बर नेपाली, पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले र इन्ट्राका सदस्यले आ-आफ्नो धारणा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.