सुचना, समाचार र मनोरन्जन

गीतकार डम्बर यक्सो लिम्बुको ‘नछोड बिन्ती’

काठमाडौं :

गीतकार डम्बर यक्सोको शब्द रचनामा ‘नछोड बिन्ती साथ मेरो’ गीतको भिडियो सार्वजनिक भएको छ। हलै गीतको भिडियो युटुबमार्फत सार्वजनिक भएको हो। शान्तीराम राईको संगीत रहेको यस गीतमा मेलिना राई र गायक अशोक मुकारुङले गाएका छन्।

Gokarna Karki

राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड तथा मिक्सिंङ गरेका छन्। गीतको भिडियोमा गायक मुकारुङ र रमिला मोक्तानले अभिनय गरेका छन्। गीतको भिडियोलाई सुन्दर तरिकाले क्यामेरा जयन्द्र कुँवरले चलाएका छन्। ल्यासेस स्टुडियोको ऋंगार, देब राईको नृत्यनिर्देशक रहेको गीतको भिडियोलाई जीवन मुकारुङको निर्देशन र सम्पादन रहेको छ।

गीतको कुरा गर्ने हो भने उनका थुप्रै गीतहरु बजारमा आइसकेका छन्। उनी पेशाले गीतकार मात्र नभएइर पूर्व ब्रिटिस आर्मी पनि हुन्। उनी ब्रिटिस सरकारले दिएको सम्पूर्ण सुबिधाहरु त्यागेर यतिबेला आफ्नै देश नेपालमा बसि समाजसेवामा लागेका छन्। खाली समयमा गीत लेख्ने र रेकर्ड गर्दै आएका गीतकार लिम्बुका थुप्रै फुटकर लेखहरु प्रकाशित भइरहेका छन्। यति बेला उनी ‘मेरा मनका अब्व्यक्त भावहरु’ नामक कविता संग्रह प्रकाशनको तयारीमा समेत जुटेका छन्।

Leave A Reply

Your email address will not be published.