सुचना, समाचार र मनोरन्जन

दर्सैका चार फिल्मको लगानी १२ करोडभन्दा माथी,बिराज भट्टकै फिल्मले साँहु उठाउन चाहिन्छ १२ करोड

काठमाडौँ :

नयाँ वर्ष, दसैँ, तिहार, माघेसंक्रान्ती जस्ता चाडपर्वमा नेपाली फिल्ममेकरले आफ्नो फिल्म प्रदर्शनका लागि डेट तोकेर बसेका हुन्छन्। किनभने यो समयमा दर्शकको विदाको मौका छोपेर फिल्म प्रदर्शनका लागि थुप्रै फिल्ममेकर तम्तायर भएर बसेका हुन्छन्। त्यसैले पनि यो समयमा फिल्म प्रदर्शनका लागि समय पाउन मुस्किल पर्छ।

यस पटकको दसैंको फुलपातीमा त्यस्तै अवस्था सिर्जना भएको छ। नजिकिँदै गरेको दसैँलाई लक्षित गरेर ४ फिल्म प्रदर्शनमा आउँदैछ। स्वस्तिमा खड्काले निर्माण गरेको फिल्म ‘बेहुली फ्रम मेघौली’देखि ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’रहेका छन्। यी ४ फिल्ममध्ये तीन ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’प्रदर्शन हुनु एक साता अगावै ‘बेहुली फ्रम मेघौली’प्रदर्शनमा आउने तयारीमा छ। तर दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ५’बिराज भट्टले निर्माण गरेको ‘१२ गाउँ’र जितु नेपालको ‘ज्वाइँ साब’भने एक साथ प्रदर्शनमा आउने पक्का भएका छन्। यि फिल्म यहि अशोज २४ गते फुलपातीका दिन प्रदर्शनमा आउने भएका हुन्।

घटस्थापनामा रिलिज हुने ‘बेहुली फ्रम मेघौली’ विवाहको कथावस्तुलाई आधार मानेर निर्माण भएको फिल्म हो भने अरुका पनि त्यस्तै छ। यो फिल्ममा निमात्र्री समेत रहेकी स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ। यो फिल्ममा समावेश एक गीत निकै चर्चामा रहेको छ। फिल्मलाई साजन काफ्ले र आकाश बरालले लेखेका हुन भने निर्देशन पनि उनीहरुले नै गरेका छन्।

दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी,मेक्सम गौडेल लगायतको अभिनय रहेको छ। यस फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा गैडे र केदार घिमिरे माग्ने बुढा रहेका छन्। यता
‘ज्वाइँ साप’मा पनि कुनै समय यहि दीपकदीपाको टिममा रहेका जितु नेपालको टिमका अलवा नीति शाह,बुद्धि तामाङ,शिवु पाण्डे लगायतको को मुख्य भूमिका रहेको छ।

‘१२ गाउँ’ पुराना एक्सन अभिनेता बिराज भट्टको निर्माण निर्देशनमा बनेको र समीर भट्ट, न्यान्सी खड्का, सनिशा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के लगायतको अभिनय रहेको छ। ठुला ब्यानरमा निर्माण भएका यि फिल्मको लगानी लगानी १० करोड भन्दा माथी छ।

फिल्म ‘बेहुली फ्रम मेघौली’ का निर्माता समेत रहेका निश्चल बस्नेतले यो फिल्मको लागत २ करोड ५० लाख पुग्ने जानकारी दिएका छन्। केहि दिन अघि छायां सैन्टरको हलमा आयोजित पत्रकार भेटघाटमा उनले यो फिल्म प्रदर्शनमा आउदासम्म साँढे २ करोड पुग्ने बताए।

यो फिल्मको तुलनामा फिल्म ‘छक्का पन्जा ५’ अलिक महँगो हो। यो फिल्मलाई निर्माण टिमले रिलिजसम्म ३ करोड पुग्ने दाबी गरेका छन्। अधिकांश फिल्मको लागत यहि ३,२ हाराहारीमा मै रहेको बुझिएको छ। यसमध्ये फिल्म ‘१२ गाउँ’को निर्माण लागत ५ घट्ने बुझिएको छ। अरुको तुलनामा फिल्म ‘१२ गाउँ’को चर्चा छैन। निर्माण टिम प्रचारप्रसारमा पनि लागेको छैन्। यहि फिल्मबाट निर्देशक भट्टले आफ्नो छोरा समिरलाई डेब्यु गरेका हुन्। जुन उनको निकै अपेक्षा रहेको छ। यो फिल्मले लगानी मात्रै उठाउन पनि १२ करोड भन्दा माथीको व्यापार हुनुपर्ने छ।

Leave A Reply

Your email address will not be published.