सुचना, समाचार र मनोरन्जन

पुनः सञ्चालनमा आयो पुलचोकको दाउरा थकाली , स्वादसँगै संस्कृति र मनोरञ्जनको आनन्द

ललितपुर,

फागुन १९ गते भएको आगलागीपछि बन्द भएको पुलचोकस्थित दाउरा थकाली रेस्टुरेन्ट पुनः सञ्चालनमा आएको छ  । पूर्ण तयारी र नयाँ अवधारणासहित फर्केको रेस्टुरेन्टले यसपटक ग्राहकलाई केवल खाना मात्र नभई स्वाद, संगीत र संस्कृतिको संयुक्त अनुभव दिने लक्ष्य लिएको जनाएको छ।

रेस्टुरेन्ट प्रशासनका अनुसार अब दाउरा थकालीमा आउने पाहुनाले थकाली परिकारको स्वादसँगै नेपाली लोकसंस्कृतिको झल्को पनि महसुस गर्न सक्नेछन्। विशेषगरी सप्ताहन्तमा आयोजना गरिने ‘म्यास्कट डान्स’ कार्यक्रम र सांस्कृतिक प्रस्तुतीले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

रेस्टुरेन्टमा विभिन्न चरित्र र सांस्कृतिक झल्को दिने विशेष प्रस्तुतीहरू समावेश गरिएका छन्। हिमाली संस्कृतिको झल्को दिने यतीचा, मैचा र याकचा का प्रस्तुतीहरू रहनेछन् भने जङ्गली वातावरण झल्काउने शेर खान र भालुचा को अभिनय पनि आकर्षणको रूपमा रहनेछ। त्यस्तै सांस्कृतिक विविधता प्रस्तुत गर्ने सुँगुरचा र मयूर (पिकुचा) को नृत्यले कार्यक्रमलाई अझ रोचक बनाउने जनाइएको छ।

रेस्टुरेन्ट प्रशासनले ग्राहकलाई परिवारसँगै तनाव बिर्सेर रमाइलो वातावरणमा समय बिताउने अवसर प्रदान गर्ने लक्ष्य रहेको बताएको छ। “हामी हाम्रा ग्राहकहरूलाई यस्तो ठाउँ दिन चाहन्छौँ जहाँ उनीहरूले परिवारसँग मीठो खाना खानुका साथै रमाइलो नाचगानको आनन्द लिन सकून्,” रेस्ट्रुरेन्ट प्रशासनले जनाएको छ।

गुणस्तरीय सेवा, फरक अवधारणा र सांस्कृतिक प्रस्तुतिसहित पुनः सञ्चालनमा आएको दाउरा थकाली पुलचोक अहिले ललितपुरबासीबीच चर्चाको विषय बन्न थालेको छ।

Leave A Reply

Your email address will not be published.