सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

दया र पशुपतिको ‘गाउँ आएको बाटो’ जेठमा

काठमाडौं :

आगामी जेठ १८ बाट प्रर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ टोरोन्टो फिल्म फेस्टिभलमा वल्ड प्रिमियर हुने भएको छ। ीनर्माण टिमले नेपालमा फिल्मको प्रदर्शन मिति तोक्दै सो कुराको जानकारी दिएको हो। नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को एक पोस्टर समेत सार्वजनिक गरेको छ।

IVF Big

फिल्ममा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिका रहेको छ। ‘नुमाफुङ’ फिल्म बनाएर अत्यधिक प्रशंसा बटुलेका सुब्बाको यो तेश्रो फिल्म हो। उनले बनाएको दोश्रो सिनेमा ‘गुडबाई काठमाडौं’ भने रिलिज भएको छैन।

टोरोन्टो फिल्म फेस्टिभलका अलावा बुसान फिल्म फेस्टिभलमा समेत उनको यो फिल्मले प्रशंसा बटुलेको थियो। उनको तेस्रो फिल्मले निर्देशक सुब्बालाई थप उचाइ प्रधान गर्ने विश्वास राखिएको छ। फिल्मको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन्। मेन्छ्याम फिक्चर्स तथा बासुरी फिल्मसको संयूक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अमोद राई र निर्देशख सुब्बा हुन्। फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला(दया), माइली(पशुपति राई) र उनीहरुको सात वर्षे छोरा बिन्द्रे( प्रसान राई)को सो गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ।

फिल्मको मूलपात्रले पछ्याउँदै आएको परप्परागत जीवनशैलीमाथि के गर्ने भनेर लिने कदममा सिनेमाको कथा प्रस्तुत भएको छ। यसलाई बाबुआमासँगै उनीहरुको छोराले यो बदलिएको परिस्थितिमा नयाँ संसार कसरी चिहाउँदैछ र उसका सपना केकस्ता हुँदैछन् भन्ने कथालाई रोचक ढंगले भनेको छ। फिल्म फेस्टिभलहरुमा प्रशंसा बटुलेको यो फिल्म आगामी वर्षका लागि एउटा प्रतिक्षित हो।

Leave A Reply

Your email address will not be published.