सुचना, समाचार र मनोरन्जन

बोर्ड अध्यक्षमा डिसीको पहिलो आवेदन,करिश्मा,नरेन्द्र छलफलमै व्यस्त

काठमाडौं :

नेपाली फिल्मकर्मीबीच चलचित्र विकास बोर्डको भावि अध्यक्ष को होला भन्नेमा आ–आफ्नो कुरा राखिरहेका छन्। चिया पसलमा भेट भएका हुन्,फलना हुन सक्छ,डिस्काना हुन सक्छ भन्दै अनुमानका भरमा समय कटाइरहेका छन्।

गत साउन ९ गते भुवन केसी बोर्ड अध्यक्षबाट आफ्नो २ वर्षे कार्यकाल पुरा गरि बिदाई भएपछि बोर्ड अध्यक्ष को होला भन्नेमा धेरैको चासोको विषय बनेको छ। त्यहि पदका लागि यतिबेला आकांक्षीहरुको दौडधुप तीव्र भएको छ । धेरै फिल्मकर्मीको नजरमा दिनेश डिसी अध्यक्ष पक्का बन्छन् भन्ने समेत ठोकुवा गर्न थालेका छन्। त्यस कारण सबैभन्दा पहिलो औपचारिक दावेदारी दिनेश डिसीले नै प्रस्तुत गरेका हुन्।

सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले हिजो योग्य व्यक्तीका लागि भन्दै बोर्ड अध्यक्षका लागि आवेदन खुल्ला गरेको थियो। सोही बमोजिम डीसीले बिहिबार नै विकास बोर्ड अध्यक्षका लागि आवेदन दिएका छन्। हिजो मात्रै बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान गरिएकोमा पहिलो आवेदन डीसीले दिएका हुन्।

अभिनेत्री करिश्मा मानन्धर, हल व्यवसायी नरेन्द्र महर्जन तथा राष्ट्रिय नाचघरका भुतपूर्व अध्यक्ष राजेश थापा पनि बोर्ड अध्यक्षका दावेदार हुन्। उनीहरुले यतिबेला प्रधानमन्त्री देखि सञ्चारमन्त्रीसँग वार्तालाभ गरिहेका छन्। बुधबार अभिनेत्री मानन्धर डेलिगेसनसहित सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेट्न पुगेकी थिइन्। मन्त्रीलाई भेट्नका लागि उनीसँग एमाले नेता रघुजी पन्त र नेतृ कोमल ओली पनि साथै पुगेको बताईएको छ।

अर्का आकांक्षी नरेन्द्र महर्जन एमाले नेता तथा सञ्चारमन्त्रीसँग भेटभाट बढाइरहेका छन्। उनी एमालेका प्रमुख सचेतक तथा केन्द्रिय सदस्य समेत रहेका महेश बर्तौला र बाग्मती सरकारका पूर्व मुख्यमन्त्री डोरमणी पौड्याललाई भेटेर बोर्डको अध्यक्षका लागि कुराकानी गरिरहेका छन्। यता चलचित्र पत्रकार महासंघका अध्यक्ष समिर बलामी पनि बोर्ड अध्यक्षका लागि दौडधुप रहेको बुझिएको छ।

Leave A Reply

Your email address will not be published.