काठमाडौं :
तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘देवी’को शिर्षक गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको सिनेमाको शिर्षक गीतमा अभिनेत्री शिल्पा मास्के मात्रै फिचर्ड छिन् ।
यस गीतमा रोहित शाक्य संगीत निर्माता तथा शब्द रचना, कम्पोज र स्वर स्वप्नील शर्माको छ। मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा बशिष्ठ घिमिरेको छायांकन, उज्जवल जोशीको कलर तथा सन्तोष दवाडीको सम्पादन रहेको छ। सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको देखिन्छ।
क्राइम थ्रिलर जनरामा निर्माण भएको यस फिल्मलाई सञ्जोग राईले निर्देशन गरेका हुन्। फिल्मको कथा पनि निर्देशक राईले नै लेखेका हुन् भने यसमा अजय गौतमले उनलाई सघाएका छन्। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा फिल्मलाई प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।
फिल्ममा शिल्पा मास्केका अलवा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सन्जेन थापाको सिनेमामा एक्सन रहेको छ ।
रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह(निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।
जोएल फ्रोमको डिओपी रहेको फिल्मको पटकथा लेखनमा पनि निर्देशक राईलाई अजय गौतमले सघाएका छन्। यस फिल्मलाई मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।