सुचना, समाचार र मनोरन्जन

फिल्म प्रदर्शनको मुखैमा ‘छक्कापञ्जा ५’ निर्देशक निरौलालाई डेङ्गु

काठमाडौं :

फिल्म ‘छक्कापञ्जा ५’ निर्देशक दीपाश्री निरौलालाई डेङ्गु संक्रमण भएको छ। आइतबार यस फिल्मका अभिनेता तथा कार्यकारी निर्माता समेत रहेका केदार घिमिरे माग्ने बुढाले निर्देशक निरौलालाई डेङ्गु संक्रमण भएको जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत निर्देशक निरौलालाई डेङ्गु भएको जानकारी दिएका हुन्।

केदार लेख्छन्,‘सिघ्र स्वास्थ्य लाभको कामना दिदी। ढल्ने छुट छैन,छिट्टै उठ्नुहोस्।’

फिल्मको प्रमोसनमा हिड्नुपर्ने बेलामा निर्देशक निरौलालाई डेङ्गुले समातेपछि निर्माण टिमका सदस्यहरु आफै जुटेका छन्। अघिल्ला सिरिज जस्तै यो फिल्म चल्नेमा निर्माण पक्ष ढुक्क देखिएका छन्। यस फिल्मका दुई वटा गीतहरु चर्चामा रहेका छन् भने ट्रेलरले उत्साह थपेको छ।
यो फिल्ममा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी,निर्मल शर्मा,राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेश खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक लगायत कलाकारहरूले अभिनय गरेका छन्।

सोसल–कमेडी जनराको ‘छक्का पञ्जा’ को यो शृंखलालाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। यसका अघिल्ला श्रृंखलाले नेपाली फिल्मको बक्स अफिसमा सर्वाधिक कमाई गरेको थियो।

Leave A Reply

Your email address will not be published.