सुचना, समाचार र मनोरन्जन

बङ्गलादेशमा डेङ्गुबाट ५३४ संक्रमित, पाँच जनाको मृत्यु

 

बङ्गलादेशमा मङ्गलबार मात्रै डेङ्गु संक्रमणबाट पाँच जना मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबार थप ५३४ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार यस वर्ष हालसम्म डेङ्गु संक्रमणबाट मृत्यु हुनेको सङ््ख्या १०२ पुगेको छ । तथ्याङ्कअनुसार सेप्टेम्बरमा मात्रै तीन हजार नौ सय ७८ डेङ्गुका बिरामी पुष्टि भएका थियो भने अगस्टमा छ हजार ५२१ र जुलाईमा दुई हजार छ सय ६९ जनामा डेङ्गुको संक्रमण देखिएको थियो ।

 

मन्त्रालयका अनुसार डेङ्गुका कारण सेप्टेम्बरमा १९, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । जुन–सेप्टेम्बर मनसुनको समय भएकाले बङ्गलादेशमा लामखुट्टेबाट हुने रोगको जोखिम उच्च मानिन्छ ।

Leave A Reply

Your email address will not be published.