काठमाडौं :
निर्देशक बाबु साहेब बलामी निर्देशित फिल्म ‘देववाणी’को प्रदर्शन मितिको टुङ्गो लागेको छ। निर्माण टिमले बिहिबार आगामी मंसिर ७ गतेबाट फिल्मको रिलिज गर्ने बताएको हो। फिल्मको प्रदर्शन घोषणा गर्दै निर्माण पक्षले एक पोस्टर पनि सार्वजनिक गरिएको छ। गर्दै रिलिज मितिको टुंगो लगाएको हो।
पोस्टरमा फिल्मका प्रमुख अभिनेता कुन्दन भारद्वाज र अभिनेत्री अनुजा लेप्चा फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक भावमा देखाइएको छ ।
मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव,अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ।
सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको फिल्ममा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन, प्रविण ढकालका कलर,सत्यम रानाको भीएफएक्स, बन्दे प्रसादको टिजर र ट्रेलर, प्रमोद परियारको ब्याकग्राउण्ड स्कोर, रञ्जित मण्डलको साउण्ड डिजाइन्, तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।
फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।