सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

चितवनमा धान उत्पादन घट्यो

चितवन/

गएको वर्षको तुलनामा यस वर्ष चितवनमा धान उत्पादन घटेको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष बर्खे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिक टन उत्पादन भएको छ । गएको वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो ।

IVF Big

यस वर्ष २७ हजार दुई सय ७० हेक्टरमा धानखेती भएको थियो । कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ । प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ।

पूर्वी चितवनका केही ठाउँमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानिकल ब्लाइट रोगका कारण उत्पादन घटेको कार्यालयले जनाएको छ ।

चितवनमा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.