सुचना, समाचार र मनोरन्जन

‘इन्टु मिन्टु लण्डनमा’ हिट हिरो ‘एक भगवत र एक गीता’मा गुमनाम

काठमाडौं :

नेपाली सिनेमा क्षेत्रमा उदयमान अभिनेताका रुपमा लिएका धिरज मगर अभिनित फिल्म ‘एक भागवत एक गीता’(सामाजिक कथा)हलमा चलिरहेको छ। गत शुक्रबारबाट हलमा लागेको यो फिल्मबा सुहाना थापा,विपिन कार्कीले चर्चा पाइरहदा यि अभिनेता भने गुमनाम जस्तै छन्। यस फिल्ममा उनको जोडी सुहानासँग बाँधिएको छ। तर, सुहाना चल्दा उनलाई भने दर्शकले वास्तै गरेका छैनन्।

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को कामबाट धेरैले अभिनेता मगरलाई नेपाली फिल्मको नयाँ स्टारको रुपमा लिएका थिए। यसपछि उनले फिल्म ‘बाबरी र ज्याकीः आई एम ट्वान्टी वान’मा समेत काम गरे । यि दुवै फिल्मले बक्स अफिसमा गतिलो व्यापार नगरेपछि उनी चुपचाप बसेको थिए।

सोही समयमा निर्देशक झरना थापाले उनलाई आफ्नो फिल्म ‘एक भगवत् र एक गीता (सामाजिक कथा)’अनुबन्धित गरेकी थिइन्। यस फिल्मबाट डाउन भएका करियर चल्ने अपेक्षा गरिएको थियो तर त्यसो हुन सकेन। रिलिजको पहिलो र दोस्रो दिन खासै व्यापार नगरेको यो फिल्मले रिलिजको पाँचौ दिनपछि विस्तारै दर्शक तानिरहेको छ ।

Leave A Reply

Your email address will not be published.