सुचना, समाचार र मनोरन्जन

नेपालभरका हलमा लाग्यो ‘धुरन्धर : द रिभेन्ज’,एकै दिन करोडमाथीको व्यापार गर्ने अनुमान

काठमाडौं :

आजबाट नेपालका अधिकांश हलमा बलिउड फिल्म ‘धुरन्धर ः द रिभेन्ज’ प्रदर्शनमा आएको छ। बिहीबारदेखि नेपालसहित विश्वभरका हलमा यो फिल्म प्रदर्शनमा आएको हो।

फिल्मले बिहीबारको लागि नेपालका हलमा ३२५ शोज पाएको छ। हलमा अत्यधिक बुकिङ भएको देखिन्छ। प्रमुख सहरका मुख्य मल्टिप्लेक्सस्थित हलमा तीव्र गतिमा एड्भान्स टिकट बिक्री भइरहेको हल सञ्चालकको भनाई छ। अधिकांश हलमा राम्रो बुकिङ भएकाले पहिलो दिनमै १ करोडभन्दा माथीको व्यापार गर्ने अनुमान गरिएको छ। यो फिल्म हलमा लाग्ने भएपछि नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छैनन्। हलमा केहि महिनादेखिको व्यापारको खडेरीलाई यो फिल्मले दर्शक फर्काउने स्पष्ट देखिन्छ ।

यसअघि यसै फिल्मले नेपालमा कम्तीमा १० करोड ग्रस कमाएको थियो । आदित्य धर निर्देशित यो स्पाइ–एक्सन फिल्मको पहिलो फिल्मको व्यापारले यतिको कमाई गरेपछि दोस्रोमा पनि दर्शक उचालिएका हुन्। यस फिल्ममा रणवीर सिंहका साथै ‘धुरन्धर २’मा आर माधवन (अजय सान्याल), अर्जुन रामपाल (मेजर इकबाल), सञ्जय दत्त (एसपी चौधरी अस्लम), राकेश बेदी (जमिल जमाली), डेनिस पान्डोर (उजैर बलोच) र सारा अर्जुन (यालिना जमाली) लगायतका कलाकारको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.