सुचना, समाचार र मनोरन्जन

दया र आँचलको ‘डिग्री माइला’को लिरिकल गीत रिलिज

काठमाडौं :

अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको फिल्म ‘डिग्री माइला’को लिरिकल गीत सार्वजनिक गरिएको छ। फिल्मको चर्चा चुलिएसँगै निर्माण टिमले फिल्मको ‘किन’ को लिरिकल भिडियो सार्वजनिक गरेको हो।

हेमन्त रानाको शब्द रचना, कम्पोज तथा गायन रहेको यस गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको छ। रामबाबु गुरुङ निर्देशित फिल्मले ट्रेलर रिलिज भए यता राम्रो चर्चालाई चुल्याएको छ।

ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफू तीर आकर्षित गरिरहेको छ। फिल्ममा आँचल शर्मा दयाको जोडी बनेकी छन् । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । सिनेमा सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो । सिनेमामा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । सिनेमाले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

सिनेमा आगामी चैत्र ३० गतेबाट नेपाली नयाँ वर्षको अवसर पारेर रिलिज हुनेछ । सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

Leave A Reply

Your email address will not be published.