काठमाडौं :
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ले हलवालाले राम्रो शो नदिएको भन्दै रोक्ने चेतावनी दिएको छ। बुधबार भाईटिकाको दिन एक विज्ञप्ती जारी गर्दै कम शो दिएको भन्दै फिल्म नचलाउने बताएको हो।
शुक्रबार फिल्मले ओपनिङ कमजोर गरेको थियो। पहिलो शो कमजोर भएता पनि तिहार विदामा फिल्मको व्यापार बढाएको थियो । तर, आइतबारबाट बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’का कारण मल्टीप्लेक्सहरुमा फिल्मको शो खुम्चिैपछि निर्माण टिमले हलवालासँग रिसाएका हुन्। किनभने नेपाली भन्दा हिन्दी फिल्मले बढि शो पाएको छ। यो अवस्थामा फिल्म ‘दिमाग खराब’लाई लगानी सुरक्षित गर्न नै मुश्किल पर्ने देखिन्छ ।
निर्देशक निश्चल बस्नेतले विज्ञप्तीमार्फत फिल्म प्रदर्शन अवधिभर वितरक र निर्मातालाई ५०÷५० प्रतिशत शेयर बाँडफाँडको समेत माग गर्दे अन्यथा फिल्म देखाउन अर्को माध्यम खोजिने उल्लेख छ ।
‘अब फिल्म चलाउने दुईटा मात्र आधार छ । आउने शुक्रबारदेखि विदेशी फिल्मसरह नेपाली फिल्मको शो हुँदैन र निर्माताले हलमा फिल्म चलुन्जेल ५० प्रतिशत शेयर पाइरहँदैन भने हामीले फिल्म नचलाउने निर्णय गरेका छौं,’बुधबार फेसबुक लाइभमा उनले भनेका छन्,‘ हाम्रो माग सम्बोधन भएन भने शुक्रबारबाट फिल्म उतार्छौं । चेपिएर फिल्म चलाउनुभन्दा अरु माध्यमबाट देखाउँछौं ।’