सुचना, समाचार र मनोरन्जन
Sarangi

‘टाइगर ३’ को प्रदर्शन मिति सर्दा ‘दिमाग खराब’लाई राहत

काठमाडौं :

नेपाली फिल्म ‘दिमाग खराब’सँगै भारतिय फिल्म सलमान खान अभिनित ‘टाइगर ३’ को प्रदर्शन हुने कुराले नेपाली निर्माण टिम तर्सिएका थिए। अब सलमानको फिल्म ‘टाइगर’को प्रदर्शन मिति दुई दिन पछि सर्दा अब यसबाट सबैभन्दा ठूलो राहत ‘दिमाग खराब’लाई मिल्ने देखिएको छ।

भारतिय फिल्म निर्माता यशराज फिल्म्सले सोमबार ट्रेलर सार्वजनिक गर्दै फिल्म कात्तिक २६ गते आइतबार प्रदर्शन गर्ने जानकारी दिएका छन्। उनले फिल्मलाई लक्ष्मीपूजाको दिन प्रदर्शन गर्ने जानकारी दिएपछि यता दिमाग खराब टिम उत्साहित बनेका छन्।

अब दिमाग खराको बक्स अफिस ओपनिङ आक्रामक हुन सक्ने समेत आँकलन गरिएको छ। निश्चल बस्नेत निर्देशित फिल्ममा दयाहाङ राई, स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल,सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको अभिनय रहेको छ।

लगायत पनि सार्वजनिक गीतमा फिचर्ड छन् । अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको गीतमा विशेष भुमिकामा देखिएकी छन् । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो।

Leave A Reply

Your email address will not be published.