सुचना, समाचार र मनोरन्जन

अष्ट्रेलियामा पनि ‘दिमाग खराब’लाई दर्शकको साथ

काठमाडौं :

गत कार्तिक २४ गतेबाट नेपालमा प्रदर्शनरत फिल्म ‘दिमाग खराब’अष्ट्रेलियाका विभिन्न शहरमा चलिरहेको छ। यतिबेला यस फिल्मका निर्माता तथा कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का अष्ट्रेलियामा फिल्म प्रदर्शन गरिरहेका छन्। नेपालमा राम्रो कमाई गरिरहेको फिल्मलाई अष्ट्रेलियामा रहेका नेपाली दर्शकले पनि मन पराइदिएका छन्

निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म यतिबेला अष्ट्रेलियामा पनि राम्रो क्रेज देखिएको छ । सिड्नीपछि अहिले ब्रिस्बेन शहरमा रहेका निश्चल र स्वस्तिमा फिल्मलाई दर्शकले राम्रो साथ र सुखद् प्रतिक्रिया दिएपछि उत्साहित देखिएका छन् ।

यो फिल्ममा स्वस्तिमा र निश्चलका अलवा खगेन्द्र लामिछाने,दयाहाङ राई,अर्पण थापा लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई रौनक बिक्रम कँडेलले निर्माण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.