सुचना, समाचार र मनोरन्जन
Pdms

दिनेश डिसीको ‘एक्लो’मा यस्तो लुक्स

काठमाडौं :

अभिनेता दिनेश डिसी अभिनित फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर बाहिरिएको छ। अभिनेता दिनेश डीसीको जन्मदिन अवसरमा निर्माण टिमले फिल्मको ‘क्यारेक्टर लुक’ सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा डीसीलाई रहस्यमय र शक्तिशाली पात्र ‘द्रोण’को रूपमा देख्न सकिन्छ। उनको हाउभाउले उनी निकै रिसाहा पात्रका रुपमा रहेको बुझ्न सकिन्छ। यो पोस्टरमार्फत अधिकांश दर्शकको फिल्मप्रति उत्सुकता जगाउन सफल भएको अनुमान गर्न सकिन्छ। उनी अभिनेताका रुपमा यो फिल्ममा अभिनय गरेता पनि चलचित्र विकास बोर्डका अहिलेका अध्यक्ष समेत हुन्। बुझिए अनुसार उनको जन्मदिनमा उनी आज बिहान नै अमेरिकामा रहेका फिल्मकर्मीलाई परिचयपत्र वितरण गर्न त्यसतर्फ उडेका छन्।

अंग्रेजी नयाँ वर्ष २०२६ मा अर्थात पुष १७ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षको भनाई छ। यो फिल्म ‘एक्लो’ विज्ञान कथामा आधारित छ। साई प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘एक्लो’ लाई प्रदीप शाहीले निर्देशन गरेका हुन्। यसको मुख्य भुमिकामा अभिनेता प्रदीप खड्का,सुनिल थापा,कविता नेपाली लगायतले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.