सुचना, समाचार र मनोरन्जन

दीपकदीपाको ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियो पसल एपमा रिलिज

काठमाडौं :

व्यावसायिक रूपमा सफल साथै दर्शकले निकै नै मन पराएको दुई चलचित्र ’छक्का पन्जा ४’ र ’झिङ्गेदाउ’ नेपाली ओटिटि प्ल्याटफर्म ’भिडियोपसल’मा रिलिज भएको छ । नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो । उक्त दुई चलचित्र अहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ ।

दसैँको माहौल पनि रहेको साथै विदेशमा रहनु हुने दर्शकहरूबाट ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ को माग निकै उच्च रहेकोले चलचित्र रिलिजलाई लिएर निकै नै उत्साहित रहेको भिडियोपसलका संस्थापक निश्चल पाण्डे बताउँछन् ।

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ । भिडियो पसलमा २.९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई द्धप गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ । उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे , गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

यता कलाकार तथा निर्माता समेत रहेका दिपक राज गिरी र दिपा श्री निरौला पनि चलचित्र छक्का पन्जा ४ हेर्न दर्शक निकै नै आतुर रहेको बताउछ्न् । हरेक दिन जसो चलचित्रको डिजिटल रिलिजबारे प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर चलचित्रको मज्जा लिन सक्ने हुँदा खुसी व्यक्त गर्दछन् ।

हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

पारिवारिक कथावस्तुमा निर्माण भएको ‘झिङ्गेदाउ’ मा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ । चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। २०१७ देखी सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यस अघि फिल्म ‘कबड्डी ३’, ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘साइँली’ लगायत रिलिज भई सकेका छन् । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

Leave A Reply

Your email address will not be published.