सुचना, समाचार र मनोरन्जन

शे फोक्सुन्डोमा ४४ दिनमा ‘द्रौपदी’ को इन्डक्ल्याप

काठमाडौं :

‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन्। अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नवकलाकारहरु प्रमुख भूमिकामा छन्।

Gokarna Karki

करिच चार बर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही,गायक रबि ओड,कबिराज भाम,जेल्सन अधिकारी,सुजाता तिमल्सिना,बिष्णु ९सुवास० ठडराई ,प्रकाश ज्ञवाली ,सीता बौडेल,सुरज अधिकारीलगायतको अभिनय छ। मोहनकुमार झिल्लुको छायांकन,रबि ओडको संगीत,बिजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्मातामा निर्देशक आचार्य स्वयम्,बिष्णु ९सुवास० ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको फिल्मको सम्पादन अनिल महर्जनले गर्नेछन् ।

नारी प्रदान बिषयमा निकै मिहीनेतका साथ फिल्म निर्माण गरिएको निर्देशक आचार्य बताउँछन्। यसअघि ंमिस्टेक’,‘सपना तिम्रो मेरो’,‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’,‘ड्रिम गर्ल’ र ‘चुरीफुरी’ निर्माण गरिसकेका आचार्य हाल केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को सदस्य छन् । आरबि मुभीजको ब्यानरमा निर्माण भएको फिल्मको स्क्रिप्ट उनी स्वयम्ले लेखेका हुन्।

मौलिक बिषयबस्तुको फिल्ममा सबै कलाकार फ्रेस तथा फिल्मसम्बन्धी औपचारिक शिक्षा हासिल गरेको अब्बल टिम रहेकाले ‘द्रौपदी’ बिशेष बनेकोमा आफू बिश्वस्त भएको उनी बताउछन् ।

Leave A Reply

Your email address will not be published.