सुचना, समाचार र मनोरन्जन

दुर्गा प्रसाईसँग डराएर सरकारले बन्द गरेको हो टिकटक?

काठमाडौं :

सोमबार बसेको मन्त्रीपरिषदको बैठकले सामाजिक सञ्जाल टिकटकमा बिकृति आएको भन्दै बन्दको गर्ने घोषणा गर्यो। बन्दको घोषणाभएपछि यसबारे विभिन्न क्षेत्रका व्यक्तित्वहरुबाट मिश्रीत प्रतिक्रिया आइरहेका छन्। सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको बताएकी थिइन्।

Gokarna Karki

उनले पत्रकार सम्मलेन गर्दै टिकटकले अराजकतत्व फैलिदै गर्नु र नकरात्मक टिपपणी बढ्दै गएकाले सरकार टिकटक बन्द गर्न लागि परेको जानकारी दिएकी थिइन्। सरकारको समर्थनमा माओवादी निकट संघ संस्था र नेकपा एमालेका नेता महेश बस्नेत बढि उत्साहित बने । नेता बस्नेलेले सरकारलाई धन्यवाद समेत दिएका छन्।

नेता बस्नेत र अभियन्ता दुर्गा प्रसाईँबीच द्धन्द्ध चर्किरहेको अवस्थामा सरकार विरोधीको जमाथ बढेकाले टिकटक बन्द गरिएको आरोप लाग्न थालेको छ। आमजनमानिसको मनोरञ्जनको माध्यमलाई सरकारले नियमन गर्नुको साटो निरङ्कुसको बाटो पैलाएको हो। किनभने पछिल्लो समय राजाको पक्षमा वकालत गरिरहेका अभियन्ता प्रसाईको भिडियोहर सामाजिक सञ्जाल टिकटकमा भाइरल हुन थालेपछि सरकारले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने अवस्था आएको हो।

नेपाली कांग्रेसका महामन्त्री तथा सांसदसमेत रहेका गगन थापाले सामाजिक सञ्जाल टिकटक बन्द गर्नु आचारिपन रहेको बताइसकेका छन्। अर्का महामन्त्री विश्व प्रकाश शर्माले घाँटीमा पिलो आयो भन्दैमा घाँटी नै काट्न नहुने बताएका छन्।

दुर्गा प्रसाईले आगामी मंसिर ७ गते घोषणा गरेको नागरिक बचाउ महाअभियानको सामाजिक संजालमा चर्चा भइरहेकोले सरकार अफ्ठ्यारो पक्षमा परेपटि टिकटक बन्द गरेको आरोप लाग्दैआएको छ। यतिबेला अधिकांश आमनेपाली नागरिकले अभियन्ता प्रसाईलाई सामाजिक संजाल टिकटकमा समर्थन गरेको पाइन्छ। सरकारको विरोध बढेपछि सरकार टिकटक बन्द गर्न बाध्य भएको सामाजिक सञ्जाल प्रयोगकर्ताको कथन छ।

यसले के सरकार दुर्गा प्रसाइको अभियानबाट डराइको हो त? सरकार किन दुर्गासँग डराएको हो ? यो कसैले पनि भन्न सकेका छैनन्। सरकारले केही दिन अघि उनले पत्रकार सम्मेलन गरि प्रसाईको आन्दोलनले गणतन्त्र खतरामा रहेको भन्दै १२ बुँदे पक्षधरलाई आकस्मिक बैठक बोलाएको थियो। किन प्रसाईको समर्थक बढिरहेका छन् ?सरकार दिनदिनै आलोचित बनिरहेको छ? यो कि सरकारलाई थाहा छ? कि प्रसाईलाई?

Leave A Reply

Your email address will not be published.