काठमाडौं :
अमेरिकाको ग्रिनकार्ड पाएको एक वर्षपछि अमेरिका हानिएका चर्चित हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)कलाकारिता पुन सक्रिय हुन थालेका छन्। छोरीको उपचारका लागि भन्दै तीन महिनाअघि अमेरिका पुगेका थिए। अब उतैबाट कलाकर्ममा सक्रिय बनेका हुन्।
सितारामले एक भिडियोमा नेपाली उत्पादन खाध्यसामाग्री तथा औषधीय सामग्री निर्यात गर्ने ट्रु हिमालय फुडसको विज्ञापनमा धुर्मुसकै गेटअपमा अभिनय गरेका छन्। यता कुञ्जना सुन्तलीको भुमिकामा रहेकी छन्।
यो गेटअप हास्य टेलिश्रृंखला मेरी बास्सैको चर्चित पात्र धुर्मुस(सुन्तलीको हो। अमेरिकाको नर्थ क्यारोलिनाको एक मोबाइल सम्बन्धी कारोबार गर्ने एभरेष्ट फोनको विज्ञापनबाट उनीहरू कलाकर्ममा फर्किएका हुन् । अमेरिका पुगेर उनीहरूले गरेको यो पहिलो व्यावसायिक काम हो। उनले निर्माण गरेको फिल्म ‘सेन्टिभाइरस’हालै युटुबमा समेत सार्वजनिक भएको छ।