सुचना, समाचार र मनोरन्जन

शनिबार ईद–उल–फित्र: सार्वजनिक बिदा

काठमाडौँ,

गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद–उल–फित्र) शनिबार परेको जानकारी गराएको छ ।

मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार यो वर्षको ईद शनिबार परेको जानकारी गराउँदै इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेको छ ।

मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सूचनामा उल्लेख छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

यसअघि २०८१ फागुन १५ गतेको राजपत्रमा प्रकाशित सूचनामै ईदका दिन बिदा दिने उल्लेख भए पनि चन्द्रमा हेरेर तय गरिने पर्व भएकाले आयोगको सिफारिसमा मन्त्रालयले औपचारिक सूचना जारी गरेको हो।

Leave A Reply

Your email address will not be published.