सुचना, समाचार र मनोरन्जन

४५ लाखको सेटमा ‘एक्लो’को छायांकन हुँदै,अपर मुस्ताङमा देखियो रौनक

काठमाडौँ :

प्रदीप शाहीको निर्माणमा बन्न लागेको फिल्म ‘एक्लो’को सुटिङ सेटको चर्चा हुन लागेको छ। निर्माण टिमले अपर मुस्ताङमा ४५ लाख खर्च गरेर फिल्मको सेट निर्माण गरेको छ। अहिले यसैको चर्चाले नेपाली फिल्म क्षेत्र तातिएको छ।

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको छायाङ्कनरत फिल्मका केही तस्बिरहरू समेत बाहिरिएका छन्। प्राप्त तस्बिरहरूमा फिल्मको सेट निर्माणको काम भइरहेका छ भने फिल्मका निर्देशक प्रदीप शाही, छायांकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्त बनेका छन्।

कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन्। एक हप्ता अघि काठमाडौँको भद्रकालीमा फिल्मको शुभ मुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरेर निर्माण टिम मुस्ताङ प्रस्थान गरेको थियो। फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजका अनुसार मुस्ताङमा ३० देखि ३५ दिनसम्म छायाङ्कन गरिने छ। हाल अपर मुस्ताङको लोमान्थाङमा छायाङ्कन भइरहेको फिल्मलाई छुसेल, छुसाङ, कागवेनी, जोमसोमलगायतका स्थानमा पनि छयाकंन गरिने निर्माण पक्षले जानकारी दिइसकेको छ।

मुस्ताङको छायाङ्कन पश्चात भने निर्माण टिमले १५ दिनको समय तालिका मिलाएर काठमाडौंमा छायाङ्कन गर्ने छ। फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहनेछ।

फिल्मका निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्। बाबु श्रेष्ठको छायाङ्कन रहने यस फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का रहेका छन् ।

Leave A Reply

Your email address will not be published.