सुचना, समाचार र मनोरन्जन

बाढीले ४५ लाखको सेट बगाउँदा नि ‘एक्लो’को सकियो छायांकन,अब पोष्ट प्रोडक्सनको काम लण्डनमा गरिने

काठमाडौँ :

प्रदीप शाहीको निर्देशनमा निर्माण भएको फिल्म ‘एक्लो’ को सम्पूर्ण छायाँकन सकिएको छ। साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको सबै छायांकन ३५ दिनमा सकिएको हो।
अपर मुस्ताङ र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले सुटिङ सकिएको जानकारी दिदै अब पोस्ट प्रोडक्सनमा लागेका बताए। उनका अनुसार फिल्मका पोस्ट प्रोडक्सनको काम लन्डनमा गरिनेछ। निर्देशक शाहीले फिल्मको प्रदर्शन मिति भने तय भई नसकेको बताए।

निर्देशक शाहीका अनुसार अनुसार नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गरिएको हो। ‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले ‘गोर्खास् विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए।

फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एवन राज उप्रेति ,कविता नेपाली , त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायतले अभियन गरेका छ्न। यहि फिल्ममा बेलायती अभिनेता जेमी बेकनको समेत अभिनय रहेको छ। हलिउड कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ। फिल्म ‘एक्लो’का निर्माता राजु कुमार गुरुङ,हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्।

बाबु श्रेष्ठले छायाँकन गरेको फिल्ममा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइनर, सन्तोष लामाको कला निर्देशनमा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन्।

Leave A Reply

Your email address will not be published.