सुचना, समाचार र मनोरन्जन
Sarangi

नेकपा एमालेको संकल्प यात्रा कास्कीमा दुई दिन,ओलीको स्थानीयसँग भेटघाट 

संकल्प यात्राको क्रममा कास्कीको समृद्धिका लागि केही एजेण्डाहरु पार्टी नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको तर्फबाट पेश हुने बताए । ‘मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीमा पनि पोखरा १६ मा समस्या देखिएको छ । जसको समय मिलाएर आन्दोलनकारीहरुसँग अध्यक्ष ओली भेटेर संवाद गर्नुहुनेछ । मध्यपहाडी लोकमार्गमा देखिएको समस्यालाई समाधान गर्ने बाटोमा नै नेकपा एमाले छ ।”

सन्तोष बस्याल
पोखरा ।

नेकपा एमालेको “झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” कास्कीमा दुई दिन हुने भएको छ । सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय भन्ने मुल उदघोषका साथ मंसिर २१ र २२ गते हुने यात्रामा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आउने मंगलबार नेकपा एमाले कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पर्वतबाट आएको टोलीलाई २१ गते दिउँसो ३ बजे नयाँपुलमा स्वागत गरेर अन्नपूर्ण गाउँपालिका नागडाँडामा पनि स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि ४ः३० बजे मिलनचोक हेमजामा स्वागत गरी स्थानीय सँग भेटघाट गर्ने र ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए ।

अध्यक्ष ओली सहितको टीम २१ गते पोखरामा नै बस्नेछ । २२ गते बिहान जिरो किलोमिटरमा पोखराबाट प्रस्थान गरी अमरसिंहचोकमा स्वागत गर्ने कार्यक्रम रहेको जानकारी गराइएको छ । बिहान ९ बजे तालचोकमा स्वागत गरि रुपा गाउँपालिकामा समेत बिहान ९ः३० बजे स्वागत गरिनेछ । ओलीले तालचोकमा पनि सम्बोधन गर्ने अध्यक्ष गुरुङले बताए । बिहान १०ः१५ बजे पिपलेबजार, रुपा गाउँपालकामा विदाई गरी टोली लमजुङ लाग्ने बताइएको छ ।

अन्नपूर्णको नयाँपुल र नौडाँडाको कार्यक्रम संयोजन जिल्ला कमिटीको तर्फबाट केन्द्रीय सदस्य राजीव पहारीले गर्नेछन् । हेमजा मिलनचोकको संयोजन केन्द्रीय सदस्य कृष्ण थापालाई गर्ने कार्यक्रम तय भएको छ । अमरसिंहचोकको स्वागत कार्यक्रम केन्द्रीय सदस्य मीनाकुमारी गुरुङको संयोजनमा हुनेछ । तालचोकको भने मञ्जुदेवी गुरुङले संयोजन गर्नेछिन् ।

कार्यक्रमलाई सफल पार्न सम्पूर्ण प्रचारको संयोजन नेकपा एमाले कास्कीका उपसचिव एवम् प्रचार विभाग प्रमुख दर्शन लामाले गर्नेछन् । स्वयंसेवक परिचालन, युवा, विद्यार्थी, खेलकुद र जनसंगठनको परिचालन उपसचिव नवराज ओझाको संयोजनमा हुने बताइएको छ । खाना, खाजा, आवासको व्यवस्थापन जिल्ला पदाधिकारी र वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेल र सचिवालय सदस्य कृष्ण न्यौपानेको टीमले गर्नेछ ।

बैतडीको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीबाट राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी आरम्भ भएको अभियान टोली मंसिर २१ मा कास्की आइपुग्ने मंसिर २२ गते विदाई गरिने अध्यक्ष गुरुङले उल्लेख गरे । नेकपा एमाले स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा हिरक जयन्ती मनाउँदै मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित विशेष अभियान संचालन भइरहेको अध्यक्ष गुरुङले बताए ।

संकल्प यात्राको क्रममा कास्कीको समृद्धिका लागि केही एजेण्डाहरु पार्टी नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको तर्फबाट पेश हुने बताए । ‘मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीमा पनि पोखरा १६ मा समस्या देखिएको छ । जसको समय मिलाएर आन्दोलनकारीहरुसँग अध्यक्ष ओली भेटेर संवाद गर्नुहुनेछ । मध्यपहाडी लोकमार्गमा देखिएको समस्यालाई समाधान गर्ने बाटोमा नै नेकपा एमाले छ ।”, उनले भने ।

जिल्ला अध्यक्ष गुरुङले कास्कीको समृद्धिको यात्रालाई प्रभाव पार्ने मध्यपहाडी लोकमार्गलाई टुंगोमा पुर्याउने गरी छलफल हुने बताए । केन्द्रीय अध्यक्ष ओली सहित केन्द्रीय नेता रहेको १ सय ५० जनाको टोलीले झण्डै २१ दिनको यात्रा गर्नेछ।

Leave A Reply

Your email address will not be published.