पोखरा/
‘हामी सबैको प्रतिबद्धता, लैैंगिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार देखि सुरु भएको छ । सो अभियानको पहिलो दिन सोमबार सचेतनामूलक प्रभातफेरी र्याली निकालिएको छ ।
पोखराको चिप्लेढुंगाबाट सुरु भएको ¥याली न्युरोड हुदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको सामुदायिक सेवा तथा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । कार्यक्रममा नागरिक समाज, महिलाको अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्था, मानव अधिकारकर्मी, टोल विकास संस्थाका प्रतिनिधि, क्याम्पस, विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ ।
सन् १९८१ मा ल्याटिन अमेरिकी देश डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको विश्वव्यापी साझा अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्की लगायतका ७ वटा सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । राइट फोर चिल्ड्रेनको सहयोगमा कार्यक्रम गरिएको छ ।
लैंगिक हिंसाको अन्त्यको लागि २५ नोभेम्बर देखि १० डिसेम्बर २०२४ (मंसिर १० देखि २५ गते) सम्म विभिन्न कार्यक्रम गरी १६ दिने अभियान सञ्चालन गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लैंगिक हिंसा कानुनी रुपमा दण्डनीय भएकोले त्यसको न्यूनीकरणको लागि सचेतनामूलक आवश्यक भएको बताए । उनले कानुनी व्यवस्थाको बारेमा जानकारी नभएर समेत हिंसाका घटना भएको जानकारी दिए । ‘घर परिवारबाट सुरुवात भएको लैंगिक हिंसाले समाजमा भयाभह रुप लिएको छ,’उनले भने, ‘घर परिवार, टोल समुदायसम्म हिंसा अन्त्यको लागि सचेतनामुलक कार्यक्रम आवश्यक पर्छ ।’ उनले सबै खालका हिंसाको अन्त्य गरे सभ्य र समुन्नत समाज निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहले लैंगिक हिंसा न्यूनीकरणको लागि सामुहिक रुपमा अभियान गर्ने बताए । उनले सामाजिक सञ्चाल, वैदेशिक रोजगारीकार कारण हिंसा लगायतका सामाजिक समस्या बढेको दाबी गरे ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ( डिआइजी) दुर्गा सिंहले हरेक व्यक्ति मानव भएर जन्मेपनि पछि समाजले लैंगिक रुपमा विभेद गर्ने जानकारी दिइन् । उनले लंैगिक विभेदलाई चिर्न सरोकारवाला सबैको एक्याबद्धता आवश्यक भएको उल्लेख गरिन् । समाजमा हुने सबै प्रकारका हिंसाको बिरुद्धमा आवाज उठाउन पर्ने चर्चा गर्दै उनले हिंसालाई सहेर बस्न नहुने र मौनतालाई तोड्न पर्ने बताइन् । उनले १६ दिनमात्र नभएर ३ सय ६५ दिन नै लैंगिक हिंसा रोक्ने अभियानमा लाग्न पर्ने उल्लेख गरिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले लैंगिक रुपमा गरिने लगायतका सबै प्रकारको हिंसाले समुदायमा गहिरो प्रभाव पारेको बताए । घरेलु तथा लैंगिक हिंसा समुदायमा लुकेको अपराध भएको जानकारी दिदै उनले त्यस्ता घटना प्रहरीसम्म आउन कठिन भएको उल्लेख गरे । सबै प्रकारका हिंसाकाका घटनालाई वाहिर ल्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले हिंसाका दोषीलाई कानुनी रुपमा कारवाही गर्न प्रहरी तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
वरिष्ठ प्रहरी नायव निरीक्षक होतबहादुर रोकाहले आर्थिक वर्ष २०८१/०८२को कात्तिक सम्मको अवधिमा ३२ वटा हिंसा सम्बन्धी उजुरी परेको जानकारी दिए । उनले ‘हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको बताए । उनले कार्यक्रम अन्तर्गत लैंगिक हिंसा अन्त्यको लागि अभियान गरेको उल्लेख गरे ।