पोखरा :
नेपालमा केई (KAIYI) र फोर्थिङ (Forthing) इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटीले पोखरामा नयाँ इभी शो–रुम सञ्चालनमा ल्याएको छ। सोमबार बुद्धचोकस्थित शो–रुम औपचारिक रूपमा उद्घाटनसँगै यी दुई ब्रान्डले पश्चिम क्षेत्रमा आफ्नो बजार उपस्थिति थप विस्तार गरेको कम्पनीले जनाएको छ।
उद्घाटन समारोहमा कम्पनीले ‘ग्राण्ड ओपनिङ अफर’ सार्वजनिक गर्दै आकर्षक नगद छुट, विशेष बोस इलेक्ट्रोनिक उपकरण, एक वर्षको निःशुल्क अटो–प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै हरेक बुकिङमा एक रातको विशेष ‘स्टे–प्याकेज’ प्रदान गर्ने घोषणा गरेको छ।
लक्ष्मी ई–मोबिलिटीका अनुसार पोखरामा सुरु गरिएको नयाँ शो–रुमले इभी ग्राहकलाई उच्चस्तरीय खरिद अनुभव दिलाउने र प्रदेशमा बढ्दो इलेक्ट्रिक सवारीसाधनको मागलाई सहज बनाउने लक्ष्य राखेको छ।
दिगो यातायात प्रवर्द्धनलाई लक्ष्य गर्दै लक्ष्मी ग्रुपले देशभर RE-Lax Recharge Network मार्फत ६३ भन्दा बढी चार्जिङ तथा रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका अनुसार यसले ग्राहकलाई सहज चार्जिङ र मर्मत सेवा उपलब्ध गराउँदै नेपालको इभी पूर्वाधार सुदृढीकरणमा योगदान पुर्याइरहेको छ।
शो–रुम सञ्चालनसँगै कम्पनीले इच्छुक ग्राहकलाई सुविधा अवलोकन गर्न तथा आधुनिक इलेक्ट्रिक मोबिलिटीको नयाँ अनुभव लिन आमन्त्रण गरेको छ।