सुचना, समाचार र मनोरन्जन

पाँच पाण्डव झापामा धमाधम छायांकन, प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री

काठमाडौं :

वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पाँच पाण्डव’मा दुई कलाकार थपिएका छन्। झापामा धमाधम छायांकन भइरहेको यो फिल्ममा प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीलाई थपिएको हो।

उनीहरुलाई फिल्म सुटिङ भएको १४ औं दिनमा थपिएको निर्देशक निरौलाले बताए। उनका अनुसार यो फिल्मको क्यानभास बलियो बनाउनका लागि दुई फरक धारका कलाकार थपिएका हुन्।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिलमको छायांकन गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै थालिएको थियो। यस फिल्मको मुख्य भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले)रहेका छन्। अन्य कलाकारमा दीपाश्री निरौला र जनी गुरुङ देखिनेछन्।

रंगपत्रकार सुशील पौडेलले लेखेको यस फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनका अनुसार फिल्मलाई भव्य बनाउन बजेटमा कुनै पनि कम्प्रमाइज गरिएको छैन। काली रानी श्रेष्ठ निर्माता रहेको यस फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलकै रहेको छ। सार्थै यो फिल्मलाई श्याम तामाङले खिच्दै छन्।

Leave A Reply

Your email address will not be published.