पोखरा ।
पोखराको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले आफ्नो २० औं वार्षिकत्सवका अवसरमा माछापुच्छ्रे—२ खैम्राङ स्थित श्री कृष्ण महादेव आधारभूत विद्यालयलाई सहयोग गरेको छ । विहिबार विद्यालयका सम्पूर्ण विद्यार्थीलाई टीसर्ट, झोला, कापीकलम,छाता, टोपी, खेलकुद सामाग्री र डस्बिन लगायतका सामाग्री प्रदान गरिएको एक्सपर्टका मार्केटिङ हेड विष्णुप्रसाद गौतमले जानकारी गराए ।
कार्यक्रममा बोल्दै एक्सपर्टका पीआर अफिसर समेत रहेका गौतमले एक्सपर्टले आम्दानी सँगै सामाजिक काममा समेत आफुलाई अगाडि बढाइरहेको बताए । उनका अनुसार २० औं वार्षिकत्सवका अवसरमा सप्ताव्यापी कार्यक्रम समेत तय भएको छ । जसअन्तर्गत पहिलो कार्यक्रम विद्यालयलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।
एकेडेमीक हेड सली देवानले एक्सपर्टले आफुलाई थप विस्तार गर्दै लगेको जानकारी गराए । अब आफुहरुले चिप्लेढुंगाा स्थित पोखरा ट्रेडमलबाट सेवा दिन लागेको उनले बताए । वैदेशिक शैक्षिक परामर्शका लागि विश्वासिलो संस्था एक्सपर्ट भएको भनाई उनको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन बहादुर तामाङले आम्दानीका लागि खोलिएको शैक्षिक संस्थाबाट विद्यालयलाई सहयोग प्राप्त हुनु आफैमा सह्रानिय काम भएको उल्लेख गरे । उच्च शिक्षाका लागि विदेश पठाउने शैक्षिक संस्थाहरुले गुणस्तरियतामा समेत ख्याल गर्नुपर्ने भनाई उनको छ ।
कार्यक्रममा एक्सपर्टबाट एकेडेमिक हेड सली देवान, सुजाता थापा, राखी अधिकारी, दिपेश गौतम, आशिष क्षेत्री लगायतको उपस्थिति थियो । श्रीकृष्ण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विद्यालयका प्राधानाध्यापक भिम तामाङले संचालन गरेका थिए ।