काठमाडौं :
सलोन बस्नेतको फिल्म ‘रंगी’२६ दिनमा प्याकअप भएको खबर भए लगत्तै अर्को फिल्मले ३५ दिनमा आफ्नो फिल्मको छायांकन सकेको छ। निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘फेरी रेशम फिलिली’को ३५ दिनमा नै प्याकअप भएको हो।
निर्माण टिमले काठमाडौं, पाँचखाल, बारा र चितवनमा फिल्मको खिचेपछि फिल्मको सम्पुर्ण छायांकन सकिएको जनाएको छ। फिल्मका निर्माता रौनक विक्रम कडेलले बुधबार ३५ दिनमा फिल्म प्याकअप भएको बताएका हुन्।
यो फिल्म २०७२ सालमा रिलिज भएको रेशम फिलिलीको सिक्वेल हो। पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान लगायतले अभिनय गरेका थिए। अहिले यि कलाकार बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन्। योे फिल्ममा अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निवार्ह गरेकी छन्।
फिल्ममा सुपुष्पासँगै विनय, कामेश्वरका अलवा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ।
यसअघि ‘दिमाग खराब’को एक गीतमा मात्रै देखिएकी सुपुष्पाले यसमा मुख्य भुमिकामा अभिनय गरेकी हुन्। यस फिल्मका निर्माता उनकै श्रीमान हुन्। जो दिमाग खराबका निर्माता समेत हुन्। निर्माता रौनक विक्रम कडेलको लगानी रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन्।
सिनेमा आर्र्टसको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको यो फिल्ममा सुशन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ।