सुचना, समाचार र मनोरन्जन

सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न

काभ्रे :

सञ्चारकर्मीहरूका लागि ५ दिने चलचित्र एप्रीसियसन कार्यशाला सम्पन्न भएको छ । पाँच दिन अघि सुरु भएको कार्यशाला आज समापन भएको हो।

कार्यक्रम बागमती सञ्चार रजिष्ट्रारको कार्यालय आयोजना र नेपाल चलचित्र पत्रकार संघको संयोजनमा तालिम काभ्रेको धुलिखेलमा भएको थियो। यस कार्यक्रमलाई बागमती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिमको उद्घाटन गरेका थिए।

चैत २१ गतेबाट सुरु भएको तालिममा बागमती प्रदेशमा क्रियाशिल २१ पत्रकारहरू सहभागी रहेको संयोजक शर्मिली कर्माचार्यले बताईन। उनका अनुसार सहभागीलाई पत्रकार, चलचित्र निर्माता प्रशिक्षकद्धय अनुप सुवेदी र अरुण देव जोशीले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएका छन्।

तालिममा सहभागिहरूलाई चलचित्रको विकासक्रम, चलचित्रमा प्रयोग हुने प्राविधिक पक्षको बारेमा जानकारीसँगै चलचित्र विकासका कोशेढुंगा हुन सफल ऐतिहासिक चलचित्रहरूसमेत देखाइएको सहभागीहरुले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.