सुचना, समाचार र मनोरन्जन
Sarangi

पुडासैनीले नयाँ फिल्म बनाउदै

काठमाडौं :

सुशान्त पुडासैनीको लगानीमा बन्न लागेको नयाँ फिल्मका लागि कलाकार छनोट अन्तिम चरणमा पुगेको छ। सामाजिक कथामा आधारित फिल्मको कलाकार छनौट कार्य अन्तिम चरणमा पुगेको हो ।
आगामी भाद्र ५ गतेबाट छायांकन गर्ने तयारी गरिएको यस फिल्मको कलाकार र फिल्मको नाम एकै पटक सार्वजनिक गरिने निर्माता पुडासैनीले बताए । निर्माता पुडासैनीका अनुसार यस फिल्ममा निर्देशक शिव घिमिरे रहनेछन भने कथा मनोहर ढकालको रहने छ ।
यस फिल्मको पट्कथा संवाद निर्देशक घिमिरेले नै लेखेका हुन् भने गित पत्रकार सनत गिरी र संगीत रिमेस कुमार थापाको रहने छ । यो फिल्म नमस्ते नेपाल इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको हो ।

Leave A Reply

Your email address will not be published.