काठमाडौं :
नेपाली फिल्म नगरिमा मिलेर एक अर्काको खुट्टा तान्नेक्रम जारि नै छ। गत फागुन २५ गते तीन ठुला व्यानरका फिल्म भिडेका थिए। फिल्म ‘रंगली’,‘उपहार’ र काँडेतार’ प्रदर्शन हुँदा दर्शक तीन तिर बाँडिका थिए। त्यस कारण यि तिनै फिल्मलाई लगानी उठाउनै धौँ धौँ भयो। शो बाँडिएपछि फिल्म ‘काँडेतार’का निर्माता तथा निर्देशक समेत रहेका नल खड्काले फिल्मलाई दुई दिनमा नै हलबाट उतारेका थिए।
त्यसको रन्को सेलाउन नपाउँदै अर्को वर्ष पनि यस्तै त्रिपक्षिय भिडन्त हुने भएको छ। दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पुजार सार्की’का अलवा ‘फर्की फर्की र दान्भी’ले जेठ ११ गते रिलिज मिति तोकिसकेका छन्। फिल्म ‘पूजार सार्की’को भन्दा अघि नै अनमोल अभिनित फिल्म ‘फर्की फर्की’ र पूजा शर्मा अभिनित फिल्म ‘दान्भी’को जेठ १० गते रिलिज मिति घोषणा भइसकेको थियो। अब प्रदीप खड्का अभिनित फिल्म ‘पूजार सार्की’ पनि थपिएपछि रोचक भिडिन्त हुने देखिएको छ।
फिल्म ‘पूजार सार्की’ले केही दिन अघि मात्र छायांकन सकेको हो भने फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्म ‘फर्की फर्की’मा अनमोलसँगै जसिता गुरुङ,समृद्धि अर्याल,रवि काफ्ले लगायत कलाकारको अभिनय रहनेछ। सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा रोहित अधिकारी र ओम अग्रवालको लगानी रहेको छ भने सुयोगकै कथा तथा पटकथा रहेको फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता छन्। फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्।
यस अघि निर्माता अघिकारीले फिल्म ’गाजलु’ र ’छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म बनाएका थिए भने यो उनको तेस्रो फिल्म हो। यता पूजा शर्मा अभिनित फिल्म ‘दान्भी’ गत महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आउँदो जेठ १० गतेलाई प्रदर्शन मिति तोकेको थियो। रुपेश तामाङको निर्देशन रहेको यो फिल्ममा पूजालाई एक्सनमा दर्शकले देख्न पाउनेछन्। फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन्। फिल्मको छायांकन नेपाल र भारतमा गरिएको यो फिल्ममा देव मगर, अनुप गडाल निर्माता रहेका छन्।