काठमाडौं :
नेपालीहरुको वडा दसैं नजिकिदै गर्दा नेपाली फिल्महरुको प्रदर्शन मिति धमाधम तोक्न थालिएको छ। भदौँबाट भने फिल्मको सेड्युल जुध्ने अवस्था देखिएको छ। अझैँ दसैंको मुखमा भने फिल्मको प्रदर्शन गर्न तँछाड मडाड नै देखिएको छ।
यसपालिको दसैंको फूलपाती अर्थात् असोज २४ गते बक्स अफिसमा नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ। ठुला व्यानरमा निर्माण भएका फिल्म ‘छक्का पञ्जा ५’,‘ज्वाइँ साब’पछि ‘१२ गाउँ’ भिड्ने पक्का भएको हो। एक वर्षअघि नै घोषणा भएको फिल्म ‘छक्का पञ्जा ५’सँग हिजो बिहान ‘ज्वाइँ साब’ र साँझ अभिनेता विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भएको एक्सन प्रधान फिल्म ‘१२ गाउँ’ पनि प्रदर्शनमा आउने भएपछि त्रिपक्षीय भिड्न लागेको हो।
दीपाश्री निरौलाले निर्देशन गरेको फिल्म ‘छक्का पञ्जा ५’को गीत समेत रिलिज भइसकेको छ। फिल्ममा दीपकराज गिरी,केदार घिमिरे माग्ने बुढाका अलवा वर्षा शिवाकोटीको मुख्य भुमिका रहेको छ। फिल्मका निर्मातामा अभिनेता निर्मल शर्मा,केदार घिमिरेका अलवा दीपक दीपाकै टिम रहेको छ।
यता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’मा उनकै समीर भट्ट देखिएका छन्। उनले सुगठित शरीरसहित सर्टलेस अवतारमा मेशिनगन चलाउँदै गएको अवस्थामा पोस्टरमा देख्न सकिन्छ । यसमा विराज पनि मुख्य भूमिकामा छन् भने पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर (इकु), किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार) लगायतको पनि अभिनय रहेको छ।
यता फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल,नीति शाह,बुद्दि तामाङ,हिमेश पन्त लगायतका कलाकारको मुख्य भुमिका रहेको छ। फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्।