सुचना, समाचार र मनोरन्जन
Sarangi

पोखरामा ग्याँस लिक भई घरमा आगोलागी, सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

 

कास्की : पोखरामा ग्याँस लिक हुँदा घरमा आगोलागी भएको छ।  पोखरा महानगरपालिका-५ प्रस्याङस्थित धर्मस्थली स्कुल पछाडि नीता पुनको घरमा खाना पकाउने क्रममा बिहान आगो लागेको हो।

आगो लागेको  खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्की मालेपाटनबाट विषेश बिपद् ब्यवस्थापन टोलीले आगोलाई नियन्त्रणमा लिएको छ।

११:१५ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको कालिका गण कास्कीका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए। टोलीको छिटो एवं प्रभावकारी कारवाही र स्थानीयहरुको सुझबुझका कारण मानवीय क्षति नभएको समेत एसपी शर्माले बताए।

Leave A Reply

Your email address will not be published.