सुचना, समाचार र मनोरन्जन

युनिभर्सल फिजिकल फिट्नेस एण्ड पुल हाउस सञ्चालनमा

काठमाडौं :

पछिल्लो समयमा स्वस्थ रहन तथा सुन्दर देखिनका लागि युवा पुस्ताहरु माझ जीम लोकप्रिय बन्दै गएको छ। झट्ट हेर्दा चिटिक्क परेको जिउडाल र स्वस्थ शरिर जो कोही चाहान्छन् । त्यसमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको रुपमा जीम लोकप्रिय बन्दैछ । युवापुस्ताहरुमा पनि जीम गर्नेहरुको संख्या बढ्दो छ।

जीमको यहि मागलाइ मध्यनजर गर्दै भक्तपुरको सुर्य बिनायक नजिक युनिभर्सल फिजिकल फिट्नेस एण्ड पुल हाउस सञ्चालनमा आएको छ । एमालेका पोल्टिब्युरो सदस्य समेत रहेका पूर्व उद्योगमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा शनिबार उक्त जीमक्लबको उद्घाटन गरिएको थियो।

कार्यक्रममा विषेश अतिथिका रुपमा नेपाल वडि बिल्डिङ एण्ड फिट्नेस फेडेरेसनका बरिष्ठ केन्द्रिय उपाध्यक्ष बिजयलाल कायस्थ लगायत समाजसेवी, खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो । युवाहरुको मागलाइ ध्यानमा राखेर भक्तपुरका स्थानियलाइ समेत सहजहुनेगरी भक्तपुरको सुर्यविनायकमा युनिभर्ससल फिजिकल फिट्नेस एण्ड पुल हाउस सञ्चालनमा ल्याएको क्लबका सञ्चालक सुनिल तजले बताए ।

Leave A Reply

Your email address will not be published.