पोखरा,
पोखरा–५ पर्स्याङमा अवस्थित राइज हेल्ट एण्ड फिटनेस सेन्टर (Rise Health and Fitness Center) को आयोजनामा आजदेखि अन्तर जिम फुट्सल प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्य र खेल संगसंगै” भन्ने नारालाई आत्मसाथ गर्दै प्रतियोगिताको आयोजना गरिएको हो। आज र भोली संचालन हुने प्रतियोगिता अन्र्तगत शुक्रबार ८ टिमबीच प्रतिस्पर्धा हुदैँछ भने सेमीफाईनल र फाईनलका खेलहरु शनिबार संचालन हुनेछ ।
राइज जिमका सञ्चालक सन्तोष ग्यलिवार्ड का अनुसार स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै जिमहरूबीच आपसी सहकार्य र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा पोखराका विभिन्न जिम सेन्टरका गरी कुल १६ वटा टिम सहभागी भएका छन्।
राइज जिमका अर्का सञ्चालक कमल भण्डारी ले पोखरामा रहेका जिम सेन्टरहरूबीच एकता, सद्भाव र सहकार्य कायम रहोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता वि फिट फुटसल गहिरापाटनको प्राङ्गणमा हुनेछ। प्रतियोगितामा विजेता टिमले ट्रफी, मेडलसहित नगद रु ३५,००० पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ट्रफी, मेडलसहित नगद रु २५,००० प्राप्त गर्नेछन्।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही नगद रु २,५०० र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
