सुचना, समाचार र मनोरन्जन
Sarangi

इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

 

सुनसरी : हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा रु १५ करोड बराबरको क्षति भएको छ । धरान उपमहानगरपालिकामा रु १३ करोड पाँच लाख र दुहबी नगरपालिकामा रु एक करोड २० लाख र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । इनरुवामा  दुई बिघामा गरिएको सागसब्जी तथा  केराखेतीमा पनि क्षति भएको छ ।

Leave A Reply

Your email address will not be published.