सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् ।

एएफसी एशियन कप क्वालिफायर २०२७ का लागि खड्कालाई पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

खड्का राष्ट्रिय टोलीको पूर्वकप्तान तथा फरवार्ड हुन् । अब खड्काले आउँदो कात्तिक २७ गते नेपाल र बङ्गलादेशबीच हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट टोलीको नेतृत्व सम्हाल्नेछन् । फिफा विन्डो अन्तर्गतको यो खेल बङ्गलादेशमा हुनेछ ।

यसअघि मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका थिए । रसको प्रशिक्षणमा नेपालले ७ अन्तर्राष्ट्रिय खेलमा १ मा जीत, २ मा बराबरी र ४ मा हार बेहोरेको थियो ।

नेपालले एशियन कप छनोटको आफ्नो पाँचौं खेलमा आउँदो मङ्सिर २ गते मलेशियासँग खेल्नेछ । यसअघिका ४ वटै खेल हारेको नेपाल छनोटबाट बाहिरिइसकेको छ । नेपालले भियतनामसँग २ तथा मलेशिया र लाओससँग १÷१ खेलमा हार बेहोरेको थियो ।

Leave A Reply

Your email address will not be published.