सुचना, समाचार र मनोरन्जन
Sarangi

भदौ १३ देखि १८ गतेसम्म मनोज गजुरेलदेखि मेक्सम गौडेलसम्मको ‘गाईजात्रा’

काठमाडौ :

हास्यकलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडासहितका कलाकारले प्रज्ञा भवन, कमलादीमा गाईजात्रा प्रहसन गर्ने भएका छन् । हरेक वर्ष गाईजात्राको अवसरमा प्रहसन गर्दै आएका उनीहरुले यस पटक ‘२०८० सालको गाईजात्रा’ नामक कार्यक्रम गर्न लागेका हुन् । ब्राण्डवर्थ प्रालिले भदौ १३ देखि १८ गतेसम्म गाईजात्रा कार्यक्रम आयोजना गर्न लागेको हो।

गाईजात्रा प्रहसनमा मनोज गजुरेल र शैलेन्द्रका सिंखडाका साथमा संगीतकार टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायतले दर्शक हँसाउनेछन् । ब्राण्डवर्थले विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना र दाङमा पनि गाईजात्रा कार्यक्रम गर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.