सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

‘गजल पुञ्ज’ समूहको १२ औँ कृति लोकार्पण

काठमाडौं :

शनिवार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तरगत वरिष्ठ साहित्यकार मानन्धर अभागीकृत गजल सङ्ग्रह ‘गजल पुञ्ज’ समूहको १२ औँ कृतिको रूपमा लोकार्पण गरिएको छ । बाह्र सर्जकहरुको अभियान ‘हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौँमा आयोजनामा लोकार्पण गरेको हो।

हामी र हाम्रो कृति समूहका आजीवन सदस्य ‘नवशिला’ नवराज पोखरेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजयध्वज थापा, तथा विशिष्ट अतिथिका रहनुभएका वरिष्ठ साहित्यकार एवं मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे लोकार्पित कृतिका समीक्षक वरिष्ठ समालोचक प्रा. डा.गोविन्द मानसिंह कार्की ,अतिथिका रुपमा रहनुभएका कृतिकारकी जीवन साथी मानन्धर रेखा कार्की अर्थविद डा. रेबत बहादुर कार्कीको आतिथ्यतामा खाद्यसंस्थानका प्रबन्धक रण बहादुर बुढाथोकी र लेखक मानन्धर अभागीद्वारा संयुक्त रुपमा कृतिको लोकार्पण गरेका थिए।

IVF Big

हामी र हाम्रो कृति समूहकी उपाध्यक्ष साहित्यकार नम्रता उप्रेतीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमलाई कार्यक्रमको सञ्चालन बहु प्रतिभाशाली साहित्यकार भुवन सिवाकोटीले सुन्दर ढंगले सञ्चालन गरेका थिए ।विमोचित कृतिमा समेटिएको ९० गजलहरूका हरेक सेरहरूलाई न्याय हुनेगरी लोकार्पित कृतिका समीक्षक प्रा. डा. गोविन्द मानसिंह कार्कीद्वारा बडो उत्कृष्ट तरिकाले व्याख्या र विश्लेषण गरिएको थियो ।

करिब ४५ जना सुप्रसिद्ध साहित्यकारहरुको समुपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित सर्जक, साहित्यकारहरु मध्यबाट रूद्र अधिकारी, अरूण खड्का, भिष्मराम पोखरेल, अमर अधिकारी, पागल यात्री, नम्रता उप्रेती, विष्णु थापा ‘बिछोड’, टि एन भट्ट विश्वामित्र, पूर्ण बहादुर श्रेष्ठ, गीता अर्याल, बद्री उप्रेती, भुवन सिवाकोटीी चौघरे तथा राजन न्यौपाने लगायतले विमोचित कृतिबाटै गजल वाचन गरिएको थियो ।

विजयध्वज थापा, युवराज नयाँघरे, रण बहादुर बुढाथोकी, रेबत बहादुर कार्की, मदन प्रसाद नेपाल, बद्री उप्रेती, मानन्धर रेखा ‘काली’द्वारा कृति सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.