सुचना, समाचार र मनोरन्जन

चुनावलाई ध्यानमा राखेर खाना पकाउने ग्यासको आयात बढाएको निगमको दाबी

चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ ।

बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । उनका अनुसार हिजो यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ ।

हिजो एकै दिन एक सय ३८ बुलेट ग्यास लोड भएको निगमका कार्यकारी निर्देशक भट्टले जानकारी दिए । बजारमा अहिले पनि खाना पकाउने ग्यास सहज पाउन नसकेको उपभोक्ताको गुनासो छ । तर निगमले बाहिर आएजस्तो कुनै अभाव र समस्या नरहेको साथै चुनावको अवधिमा पनि ग्यासको आपूर्ति नियमित नै हुने दाबी गरेको छ ।

Leave A Reply

Your email address will not be published.