सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई बधाई दिन पुगे राजेश हमाल, दिनेश डीसीसम्म

काठमाडौं :

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन कलाकर्मीको घुँइचो लागेको छ। प्रधानमन्त्री ओलीले सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए।

उक्त समयमा ओलीलाई बधाई दिन अभिनेता राजेश हमाल निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी, गायिका इन्दिरा जोशीलाई दर्जनौ कलाकारको उपस्थिति रहेको थियो।

गायक शिशिर योगी, पूर्वमिस नेपाल श्रृंखला खतिवडा, गायिका कोमल ओली, मोडल एलिजा गौतम, रेडियो प्रस्तोता सञ्जय गुप्ता ओलीको शपथ ग्रहण समारोहमा पुगेका थिए। उनीहरु अधिकांशले नेपाली पोषाक लगाएका थिए। अभिनेता राजेश हमाल दौरा, सुरुवाल र कोटमा पुगेका थिए।

Leave A Reply

Your email address will not be published.