सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : एक्लै प्रदर्शनमा आयो मधुसुदनको फिल्म ‘हामी तीन भाई’

काठमाडौँ :

रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा फिल्म‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। देशभरका १ सय ४ शो भन्दा बढि शो सहित प्रदर्शनमा आएको हो।

सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्।कमेडी तथा सामाजिक कथामा आधारित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी,गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल,अमृतमान महर्जन लगायतको अभिनय रहेको छ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन्। विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालको छायांकन,बनिश शाहको सम्पादन रहेको यस फिल्मका गीतमा संगीतमा साप शक्ति,बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई, इन्द्र देव महर्जनले गरेका छन् भने फिल्मको पाश्र्व संगीतमा सम्राट थापा,ध्वनी मिश्रणमा मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।

यस फिल्मको पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको छ भने फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।

Leave A Reply

Your email address will not be published.