सुचना, समाचार र मनोरन्जन

‘हामी तीन भाइ’ बक्स अफिस : ९ दिनमा ६ लाख मात्रै कमाइ

काठमाडौं :

गत शुक्रबार अर्थात १३ चैतबाट रिलिज भएको फिल्म ‘हामी तीन भाइ’ले कमाई निकै न्युज भएको छ। सोमबार चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टले प्रदर्शनको ९ दिनमा फिल्मले कुल ६ लाख ३२ हजार रुपैयाँ मात्र ग्रस कमाएको छ। यो अरु फिल्मको तुलनामा निकै कम हो।

निर्माण पक्षको अपेक्षा अनुसार फिल्मले कमाई गर्न सकेन। साथै यो फिल्म धेरै हलबाट फिल्म हटिसकेको छ। मधुसुदन भट्टराईको निर्देशनमा निर्माण भएको यस फिल्ममा विनोद न्यौपाने,चाहान्वी बस्नेत,फलित राई,राजा राम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।
यसअघि यहि नामको फिल्म बनिसकेको छ। उक्त फिल्मले हलबाट सय दिन मनाएको थियो। उक्त ‘हामी तीन भाइ’लाई स्व शिव रेग्मीले निर्देशन गरेका थिए।

Leave A Reply

Your email address will not be published.