सुचना, समाचार र मनोरन्जन

‘बलिदान’फिल्मका निर्माता आर्थिक हिसावले घाइते भएको हरिवंशको खुलासा

काठमाडौं :

झण्डै दुई दशक अघि निर्माण भएको फिल्म ‘बलिदान’मा आफ्नो निर्माता आर्थिक रुपले घाइते भएको अभिनेता हरिवंश आचार्यले बताएका छन्। उनले चलचित्र विकास बोर्डले प्रदान गरेको सांस्कृतिक रुपान्तरण पुरस्कार(२०८१ ग्रहण गर्दै आफ्नो निर्माता त्यतिबेला यो फिल्मबाट डुबेको बताएका हुन्।

त्यतिबेला आफू अभिनित फिल्म ‘बलिदान’ देशका लागि सुन्दर उपहार भएको उनदे दाबी गर्दै त्यतिबेला यो फिल्मलाई लिएर अधिकांशले कम्युनिस्ट सरकारले बनाएको फिल्म भनेर समेत हल्ला चलेको आरोप लगाए। उनले कार्यक्रममा बोल्नेक्रममा आफ्ना भावनाहरु पोखेका थिए।

उनी भन्छन्,‘त्यतिबेला यो फिल्मले पैसा कमाएन । निर्माता पनि आर्थिक रुपमा घाइते हुनुभो । तर यो फिल्म देशका लागि उपहार हो। यसमा निर्माताको योगदान खेर जाँदैन।’
उनले त्यो समयमा बलिदान राखेर फिल्म निर्माण गर्दा त्यो
फिल्ममा समावेश संवाद भविष्यवाणी जस्तै लाग्ने गरेको बताए। उनले त्यतिबेलाका कुरा सम्झदै भने,‘‘हामीले बलिदानमा राखेका संवाद अहिले सुन्दा भविष्यवाणी जस्तै लाग्छ।’

हरिवंश आचार्यले त्यतिबेला र अहिलेमा देश कुनै फरक नभएको बताए। यो फिल्म निर्माण गर्दाको समय र अहिलेमा केहि फेरबदल नभएको उनको दाबी छ।

उनी भन्छन।‘देश अहिले पनि सम्मानित हुनसकेको छैन । हामी मात्र सम्मानित भएर भएन, संविधान र देश पनि सम्मानित हुनुपर्‍यो।’

आफू अभिनित फिल्म ‘बलिदान’बाट हरिवंशले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन्। चलचित्र विकास बोर्डले संविधान दिवसको अवसरमा शुक्रबार बिहान सांस्कृतिक रुपान्तरणमा योगदान पुर्‍याएको भन्दै सांस्कृतिक रुपान्तरण पुरस्कार २०८१ प्रदान गरेको हो।
पछिल्लो समय यहि बलिदान नामक फिल्म सन्तोस सेनले निर्माण गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.